• पल्लो किराँत लिम्बूवान मोर्चाका सचिवसहित ९ जना पक्राउ

    पशुपतीनगर, ७ कात्तिक । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो...

  • विप्लव समूहको काभ्रेपलाञ्चोक जिल्ला सक्रेटरी पक्राउ

    काभ्रेपलाञ्चोक, ७ कात्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी...

  • एक्स्काभेटरबाट लडेर बैतडीमा एक जनाको ज्यान गयो

    बैतडी, ७ कात्तिक । मेलौली नगरपालिका –५ मा बिहीवार एक्स्काभेटरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ५५वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा एक्स्काभेटरमा सवार पुजारा एक्स्काभेटरबाट लडेका थिए । एक्स्काभेटरबाट लडेपछि त्यही एक्स्काभेटरले पुजारालाई किचेको प्रहरीले जनाए...

  • विद्यालयको बरण्डा भत्किँदा ४२ बालबालिका घाइते

    काठमाडौं, ६ कात्तिक । धर्मस्थलीमा सञ्चालित विद्यालयको बरण्डा भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । काठमाडौं तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डा भत्किँदा बरण्डामा बसेर खेलकुद हेरिरहेका विद्यार्थी घाइते भएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थ...

  • मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

    हेटौंडा, ६ कात्तिक । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट बुधबार एक जना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी मकवानपुरको बकैया(७ अधेरीका ५५ बर्षीय कृष्ण बहादुर लो रहेका छन् । धरान( चतरा मार्ग हुँदै हेटौंडा आउँदै गरेको प्रदेश ३(०३(००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट लोको मृत्यु भएको मकवानपुर प्रहरीले जनाए...

  • गुल्मीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

    गुल्मी, ६ कात्तिक । जीप दुर्घटनामा परि गुल्मीमा एक जनाको ज्यान गएको छ । मंगलबार राति कालीगण्डकी गाउँपालिका– ३ जयखानीमा लु १ च ४५४६ नम्बरको जीप रोकिराखेको अवस्थामा अचानक पछाडि गुडेपछि जीपमा सवार २८ वर्षीय झमबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका विकलाई उपचारको लागि मंगलबार राति नै मिशन अस्पताल पाल्पामा ल...

  • चाबहिलमा पुरानो घर भत्काउँदा दुई जना घाइते

    काठमाडौं, ६ कात्तिक । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा एक्कासी भत्किँदा दुई जना घाइते भएका छन् । घर भत्काउने क्रममा मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुबै जनाको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पतालमा उपचार भइरहेको वृत्...

  • भोजपुरमा २४ सय घरको पूनः निर्माण सम्पन्न, तोकिएको समय सीमा सम्म किस्ता नलिए अनुदान फिर्ता गर्नु पर्ने

    भोजपुर,६ कात्तिक । भोजपुरमा भुकम्पबाट पूर्णक्षति भएका दुई हजार ४६३ ओटा घरको पुन निर्माण सम्पन्न भएको छ । लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पिडित मध्ये हाल सम्म दुई हजार ४६३ घरको निर्माण कार्य सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । त्यस्तैगरि पाँच हजार १९१ जनाले प...

  • अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँले पुरिएर ज्यान गयो, दुई घाइते

    कास्की, ६ कात्तिक । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका(११ मा हिउँपहिरोले पुरिएर पोखरा– ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका पोखराका सन्तोष बास्तोला र निर्जन कोइरालाको मणिपाल ...

  • बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

    जनकपुरधाम, ६ कात्तिक । महोत्तरीमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको महोत्तरी गाउँपालिका निवासी ३५ बर्षीय रुदल यादवलाई बालिकासँग जर्वजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत कात्तिक १ गते दाउरा ल्याउन वनतर्फ जान लागेकी १३ बर्षीया बालिकालाई बाटोमा रोक...