मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु


हेटौंडा, ६ कात्तिक । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट बुधबार एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी मकवानपुरको बकैया(७ अधेरीका ५५ बर्षीय कृष्ण बहादुर लो रहेका छन् ।

धरान( चतरा मार्ग हुँदै हेटौंडा आउँदै गरेको प्रदेश ३(०३(००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट लोको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट घाईते भएका लोको उपचारको क्रममा चुरेहील अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बकैया ३ हात्तीसुँडेका २४ बर्षीय सवीन दर्नाल घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार