चाबहिलमा पुरानो घर भत्काउँदा दुई जना घाइते


काठमाडौं, ६ कात्तिक । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा एक्कासी भत्किँदा दुई जना घाइते भएका छन् ।

घर भत्काउने क्रममा मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुबै जनाको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार