भोजपुरमा २४ सय घरको पूनः निर्माण सम्पन्न, तोकिएको समय सीमा सम्म किस्ता नलिए अनुदान फिर्ता गर्नु पर्ने


भोजपुर,६ कात्तिक ।
भोजपुरमा भुकम्पबाट पूर्णक्षति भएका दुई हजार ४६३ ओटा घरको पुन निर्माण सम्पन्न भएको छ । लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पिडित मध्ये हाल सम्म दुई हजार ४६३ घरको निर्माण कार्य सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
त्यस्तैगरि पाँच हजार १९१ जनाले पहिलो र तीन हजार ८२१ जनाले दोश्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको ३१ जेठमा गरेको निर्णय अनुसार कात्तिक मसान्त सम्म दोस्रो किस्ता र माघ मसान्त सम्म तेस्रो किस्ता लिनु पर्ने बताउदै प्रमुख रेड्डीले तोकिएको समयमा तेस्रो किस्ता नलिए पहिलो र दोस्रो किस्ता बापत लिएको अनुदान फिर्ता गर्नु पर्ने समेत बताए ।
उनले भने‘ प्राधिकरणले पूनः निर्माणको कामलाई तिव्रता दिने गरि काम गरिरहेको छ, निर्धारित समयमा किस्ता नलिएमा त्यस्ता लाभग्राहीले रकम फिर्ता गर्नु पर्ने हुन्छ ।’
निजि आवाज पुननिमार्ण अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले स्थानीय तहमा समेत विभिन्न खाले कार्यक्रममा सञ्चालन गरिरहेको छ । सरकारले निर्धारण गरेको समय सीमा सम्म पूनः निर्माणका सम्पन्न गर्ने लक्ष्यका साथ कार्यालयले बुधबार रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिसंग काम गर्दाका समस्या कानुनी व्यवस्था लगाएतको विषयमा जानकारी दिन गोष्ठी गरेको हो ।
रामप्रसादराई गाउँपालिकामा ६१६ लाभग्राही संख्या रहेकोमा ५५२ ले पहिलो किस्ता, ४६९ ले दोस्रो र ४३१ जनाले तेस्रो किस्ता लिइएको जानकारी दिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का, गाउँपालिका प्रमुख बिजय राई, उपप्रमुख सम्झना राई सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार