
भाेजपुर,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरले पत्रकार सम्मेलनमार्फत प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक गरेकाे छ। सभापतिमा ख्याम भुजेल सहितकाे समितिकाे नामवलीकाे पत्रकारमार्फत सार्वजनिक गरिएकाे हाे । पत्रकार सम्मेलनबाट ११ सदस्यीय समितिमा ७ जना निर्वाचन मार्फत चयन र ४ जना मनाेनित गरिने जानकारी दिईएकाे छ।
उपसभापतिमा समिता आचार्य, सचिव देवराज पाण्डे क्षेत्री, सह- सचिव अनिल बस्नेत र कोषाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ बिजयी हुनु भएको छ । यस्तै सदस्यहरुमा मनोज अधिकारी र सितादेवी ढुंगाना कार्की निर्वाचित हुनुभयो । निर्वाचन क्षेत्र नम्वर (क) उपसंयोजकमा राजन प्रसाद ढकाल र (ख) तर्फ उपेन्द्र कटवाल चयन हुनु भएको थियाे । प्रदेश समिति ५ सदस्यीय हुने छ ।
जिल्ला अधिवेशनमा ६ पालिकाबाट एक सय सात जना प्रतिनिधीहरूकाे सहभागिता रहेकाे सहसचिव अनिल बस्नेतले बताउनुभयाे । भाेजपुरबाट प्रदेश अधिवेशनका लागि ३० जना र केन्द्रीय महाधिवेशनका लागि १७ जनाकाे नामावली समेत पठाइएको निर्वाचित सभापति भुजेलले जानकारी दिनुभयो ।





















