
भोजपुर, २९ जेठ ।
भोजपुर जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्ने स्थानीय तह बनेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार नगरपालिकाले न्यूनतम बेरुजु कायम गरेको हो ।
प्रतिवेदनअनुसार भोजपुर नगरपालिकाको बेरुजु प्रतिशत ०.१६ प्रतिशत रहेको छ । जुन जिल्लाभरकै सबैभन्दा न्यून दर हो। यस उपलब्धिको कदरस्वरूप नवौँ जिल्ला सभाको अवसरमा भोजपुर नगरपालिकालाई प्रशंसा–पत्र प्रदान गरिएको छ।




















