
युवराज विष्ट
भोजपुर, २६ बैशाख ।
पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले भोजपुरमा चङ्गा फेस्टिबल सञ्चालन गरिएको छ । परम्परागत खेल तथा सांस्कृतिक मनोरञ्जनलाई जगेर्ना गर्ने लक्ष्यसहित यहाँ ‘चङ्गा फेस्टिबल’ गरिएको हो ।
चङ्गा विज्ञ प्रमेश केसीले चङ्गा फेस्टिबलमार्फत पर्यटन प्रवद्र्धनको शुरुवात गराउन सकिने सम्भावनालाई ध्यानमा राख्दै कार्यक्रम गरिएको बताउनुभयो । युवा पुस्तामा चङ्गा उडाउने सीप तथा यस्ता प्रतियोगिता सञ्चालनले समाजमा पु¥याउन सकिने प्रभावको विषयमा जानकारी दिने लक्ष्यले भोजपुर टुडिखेलमा चङ्गा फेस्टिबल गरिएको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रियस्तरमा धेरै चङ्गा उडाउने प्रतियोगिता सञ्चालन हुने भएकाले नेपालमा पनि यसको विकास गर्न सकिने उहाँको भनाइ छ । यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धनको लागि चङ्गा फेस्टिबलको आयोजना गर्न सकिने केसीले बताउनुभयो ।
पछिल्लो समय डिजिटल प्रविधिमा बढ्दो निर्भरता बीच परम्परागत खेलहरू हराउँदै जाने खतरा बढेकाले यस्तो कार्यक्रम आवश्यक भएको उहाँको भनाइ छ । “चङ्गा उडाउनु केवल खेल मात्र होइन, यो हाम्रो संस्कृतिको एक महत्वपूर्ण पाटो हो,” उहाँले भन्नुभयो ।
भोजपुरमा चङ्गा फेस्टिबलको धेरै सम्भावना रहेको पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभयो । यसअघि टेम्के डाँडामा पनि चङ्गा उडाइसकेको बताउँदै उहाँले पर्यटनलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन गर्न सकिने बताउनुभयो ।
स्थानीय बासिन्दाहरूले पनि यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा ल्याउने र पुस्ताबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्। यसले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ ।


















