रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित


भोजपुर,२३ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ।
अधिवेशनबाट ख्याम भुजेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री तथा सह–सचिवमा अनिल वस्नेत चयन भएका छन्।
जिल्ला कार्यसमितिको सदस्यमा चन्द्र कुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुंगाना कार्की चयन भएका छन्। यस्तै निर्वाचन क्षेत्र (क) को उपसंयोजकमा राजन प्रसाद ढकाल तथा निर्वाचन क्षेत्र (ख) को उपसंयोजकमा उपेन्द्र कटवाल चयन भएका छन्।
अधिवेशनले पार्टीको संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा जिल्लामा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार