
कास्की, ६ कात्तिक । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका(११ मा हिउँपहिरोले पुरिएर पोखरा– ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका पोखराका सन्तोष बास्तोला र निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् ।
घाइतेको हेलिकोेप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको थियो भने खराब मौसमका कारण शव ल्याउन सकिएको छैन । हिउँपहिरोबाट थुप्रिएको ढिस्कोले पुरिँदा खनालको ज्यान गएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए।
हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छन् ।





















