भोजपुर, ३० पौष । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि भोजपुरको चखेवा भञ्याङ्गबाट मैयुङ्ग डाँडा सम्म को नक्शा चाडै नै सार्वजनिक गरिने भएको छ । मुन्दुम ट्रेल नाम दिएको सो क्षेत्रको सर्वेको काम सम्पन्न गरिए पश्चात आइतवार एक कार्यक्रमको आयोजना गरि आगामी फेव्रुअरी महिना सम्ममा नक्सा सार्वजनकि गर्ने जानकारी दिएको हो...
देश
-
-
बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु
कञ्चनपुर, ३० पौष । कञ्चनपुरको भीमदत्तनगरपालिकाको भाँसी नजिक मोटरसाइकल दुर्घटनामा परी आज बेदकोट नगरपालिका–९ सुन्दरपुरका अन्दाजी २९ वर्षीय मनोज बोहराको मृत्यु भएको छ । महेन्द्रनगर बजारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८६९४ नंको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको भारतीय युके ०६ एजे ६३२० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसा...
-
स्वेच्छिक अवकाश लिने कर्मचारीलाई आवेदन आह्वान
काठमाडौं, २९ पौष । संघीय व्यवस्था लागू भएसँगै संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि सरकारले ४५ दिने सूचना निकालेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाश सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि सामान्य प्रशासन मन्त्रालयले निवेदन दिन शुक्रबार नै राजपत्रमा सूचना प्रका...
-
सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरको साधारण सभाको अवसरमा १७ सम्मानित..
भोजपुर, २८ पौष । सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरले शेयर सदस्य, लगाएतका १७ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृट बचत कर्ता सानुमाया श्रेष्ठ, बसन्ती राई, नियमीत किस्ता बुझाउने शन्देश श्रेष्ठ, मासीक व्याज नियमीत बुझाउने धर्मराज खड्का र लक्ष्मी तामाङ, त्येस्तै जेष्ठ सदस्य गंगा त...
-
ट्रकले ठक्कर दिँदा एकको मृत्यु
धुलिखेल २८ पौष । अरनीको राजमार्ग अन्तर्गत धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । दश चक्के बालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका ( ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्ल जानकारी दिए । धु...
-
कहाँ पुग्यो प्रमाणपत्र धितोमा कर्जा घोषणा
काठमाडौं २७ पौष । गुल्मीका रोशन भण्डारी दस जोड दुई सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । उनले सरकारले प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने समाचार गत वर्ष नै सञ्चार माध्यमबाट थाहा पाएका थिए । एक्लै काठमाडौं बसेर अध्ययन गर्ने सोचका साथ आएका उनी आफ्नो प्रमाणपत्र बोकेर विभिन्न बैंक धाए । तर उनलाई कुनै पनि बैंकले ऋण ...
-
लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा
काठमाडौं । सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने लोक सेवा आयोगले आज बिज्ञापन प्रकाशत गर्दै देशका विभिन्न कार्यालयमा ४३७ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल ...
-
भोजपुरको अरुण गापाका दुई वडाका सवै घर सहकारीमा आवद्ध
भोजपुर, २६ पौष । भोजपुरको पुर्वी अरुण गाउँपालिकाका दुई ओटा वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका छन् । वडा नं–१ याङ्गपाङ्ग र वडा –२ चम्पेका सवै घरधुरी सहकारीमा आवद्ध भएसगै सहकारी युक्त वडा वनेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चम्पेमा पाथीभरा वचत तथा ऋण सहकारी सस्थामा ५ सय ९० घर र याङ्गपाङ्गमा अ...
-
भोजपुरमा दुई जनाले गरे आत्माहत्या..
भोजपुर २५ पौष । भोजपुर जिल्लाको छुट्टाछुटै स्थानमा दुई जनाले आत्माहत्या गरेका छन् । रामप्रसादराई गाउँपालिकाको भुल्के र टेम्केमैयुङ्ग गाउँपालिकाको लेखर्कमा आत्माहत्या गरेका हुन् । रामप्रसाद राई गाउँपालिकामा गितवहादर तामाङ्गका २४ वर्षिय छोरा पुस्तक तामाङ्गले झुन्डिर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए...
-
भोजपुरमा २५ लाखको जग्गा निशुल्क वडा कार्यालयलाई हस्तान्तरण
भोजपुर, २४ पौष । पौवादुङ्मा गाउँपालिकाको –२ तिवारी भञ्ज्याङ्गको वडा भवन निर्माणका लागि स्थानियले २५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । स्थानिय वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारीले निशुल्क जग्गा वितरण गरेका हुन् । वडा कार्यालयको भवन नहुँदा कामकाज सञ्चालन गर्न समस्या भएकोले निशुल्क रुपमा एक रोपनी आ...












