
भोजपुर, २८ पौष ।
सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरले शेयर सदस्य, लगाएतका १७ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृट बचत कर्ता सानुमाया श्रेष्ठ, बसन्ती राई, नियमीत किस्ता बुझाउने शन्देश श्रेष्ठ, मासीक व्याज नियमीत बुझाउने धर्मराज खड्का र लक्ष्मी तामाङ, त्येस्तै जेष्ठ सदस्य गंगा तामाङ, विष्णु प्रसाद अधीकारी र हरी महत, गत वर्षको SEE परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यद्धोय टिकाराम श्रेष्ठ र प्रेम कुकारी श्रेष्ठका छोरा सुमोद श्रेष्ठ र कक्षा ११ र १२ उत्कृष्ट अंक ल्याउने सन्देश श्रेष्ठलाई सम्मान गरीएको छ ।
यस्तैआगामी दिनमा आफ्नो शेयर रकम थप गरुन भन्ने उद्धेश्यले २५ हजार देखी ५१ हजार सम्म शेयर रकम हुने सदस्यहरु सानुकाजी श्रेष्ठ, भरत ताम्राकार, निमछिरीङ शेर्पा, खगेश्व भट्राई, अर्जुन कुमार राई, रामेश्वर बजिमय र स्याम तमोटलाई सम्मान गरेको छ ।
त्यस्तै संस्थाले सुत्केरी स्याहार खर्च प्रतिव्यक्ति एक हजार दिने गरेको छ, भने शेयर सदस्यको दुखद निधन भएमा ५ हजार र एका घरका अरुको निधन भएमा २ हजार दिदै आएको छ । संस्थाकी अध्यक्ष सम्झना प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष विश्वनाथ पराजुली रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी शेयर सदस्य, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।




















