भोजपुर, ३० पौष ।
पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि भोजपुरको चखेवा भञ्याङ्गबाट मैयुङ्ग डाँडा सम्म को नक्शा चाडै नै सार्वजनिक गरिने भएको छ । मुन्दुम ट्रेल नाम दिएको सो क्षेत्रको सर्वेको काम सम्पन्न गरिए पश्चात आइतवार एक कार्यक्रमको आयोजना गरि आगामी फेव्रुअरी महिना सम्ममा नक्सा सार्वजनकि गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा वोल्दै टेम्केमैयुङ्ग, साल्पासिलिछो पर्यटन प्रवद्र्धन तथा विकास समितिका अध्यक्ष रमेश राईले पर्यटन प्रर्वद्धनका लागि सो क्षेत्रमा मुन्दुम टे«लको रुपमा विकास गर्न लागिएको वताए ।
साथै सर्वेको क्रममा देखिएका विषय वस्तुहरुलाई नक्सामा तयार गरेर फेव्रवरी सम्म सार्वजनिक गर्ने उनको भनाई थियो । उनले भने ‘हामीले चार दिन लगाएर सो क्षेत्रका प्रत्यक्ष रुपमा अवलोकसंगै सर्वे तयार गरेका छौ, त्यहाको पदमार्गमा पर्यटकलाई यात्रा गर्न सहजहोस्, भनेर साथै यसको प्रचार प्रसारको लागि हामी फेव्रुवरी महिनामा नक्सा सार्वजनिक गर्छौ ।’
प्रत्यक्ष रुपमा अवलोकन पश्चात त्यहाको पर्यटन क्षेत्रको विस्तारको सम्भवाना, वाटोको अवस्था लगाएत अन्य विविध सम्भावनाको विषयमा समेत जानकारी दिएको थियो ।
पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि ३१ दशमलव ५ किलोमिटर क्षेत्रको सर्वेको काम सम्पन्न सकिएको छ । पदमार्गको सर्वे तथा सम्भाव्यता अध्ययनको लागि टेम्केमैयुङ्ग गाउँपालिकाले ७ लाख वजेट विनियोजन गरि सकेको छ । गाउँपालिकाको मुख्य आम्दानीको रुपमा पर्यटन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले पदमार्ग निर्माणको काम गर्न लागिएको हो ।