
धुलिखेल २८ पौष । अरनीको राजमार्ग अन्तर्गत धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
दश चक्के बालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका ( ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्ल जानकारी दिए ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको ना६ख १९४३ नम्बरको मालवाहक ट्रकले सोही दिशाबाट आउँदै गरेको बा५९प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरलाई ठक्कर दिएको थियो । मालवाहक ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।