• नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै

    युवराज विष्ट भोजपुर, १३ जेठ । मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिने भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित नेपाली सेनाले उक्त अभ्यास आयोजना गर्न लागेको हो...

  • कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’

    युवराज विष्ट भोजपुर, १३ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित ३ सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। कृषकको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० वटा हाते ट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने ग...

  • कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता

    युवराज विष्ट भोजपुर ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोट क्षेत्रमा ‘एक घर–एक धारा’ अभियान प्रभावकारी रूपमा अघि बढाउन स्थानीयवासी सक्रिय रूपमा जुटेका छन्। गाउँ–गाउँमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित अभियानअन्तर्गत हरेक घरमा धारा जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो। यसअघि स...

  • रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान

    युवराज विष्ट भोजपुर, ९ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ। गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले सम...

  • भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम

    युवराज विष्ट भोजपुर, ९ जेठ । भोजपुरमा शिशुको समुचित पोषण र मातृ–शिशु स्वास्थ्य सुदृढीकरणलाई लक्षित गर्दै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको प्रयोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा आमाको दूधको महत्व, स्तनपानका फाइदा तथा कानूनी व्यवस्थाबारे जानकारी गराइएको हो । साथै स्थानीय औषधि पसलक...

  • लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’

    युवराज विष्ट भोजपुर, ८ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको खोज, पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित “विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम” सुरु गरेको छ। विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले जेठ ८ गतेदेखि १० गतेसम्म तीन दिने कार्यक्र...

  • भोजपुरका चार पत्रकार पुरस्कृत

    युवराज विष्ट भोजपुर, ७ जेठ । भोजपुर जिल्लामा क्रियाशील चार जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ भोजपुर शाखाको वार्षिक साधारण सभाको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो। महासंघका अध्यक्ष ध्रुव सुवेदीका अनुसार श्रेष्ठ मनमाया अमर पुरस्कार २०...

  • हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात

    युवराज विष्ट भोजपुर, ५ जेठ । भोजपुरको हतुवागढी गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुरुवात गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सोमबारबाट आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो। नेपाल सरकारको २०...

  • भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु

    भोजपुर, ४ जेठ । महालेखापरीक्षक कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा भोजपुरका नाै स्थानीय तहमध्ये रामप्रसादराई गाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको पाइएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार गाउँपालिकाको बेरुजु रकम २१ लाख १६ हजार रुपैयाँ मात्रै रहेको छ। जिल्लाका अन्य स्थानीय तहको तुलनामा यो न्यून...

  • मदन–आश्रित स्मृति दिवसको अवसरमा भोजपुरमा विचार गोष्ठी आयोजना

    भोजपुर, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको आयोजनामा ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। “पार्टी निर्माणमा मदन–आश्रितको योगदान” विषयमा केन्द्रित उक्त कार्यक्रममा नेताहरूले स्व. मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलन तथा बहुदलीय जनवादक...