टेम्केमैयुङका अध्यक्ष सरोज बस्नेतद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


भोजपुर, १२ असोज।
भद्र, शालीन र विकासप्रेमी युवा नेताको छवि बनाएका भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउनुका साथै राष्ट्रिय राजनीतिमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बस्नेतले बताउनुभयो। गाउँपालिकाको नेतृत्व सम्हालेयता उहाँले स्थानीय तहमा पूर्वाधार विकास, सामाजिक रूपान्तरण र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्दै आउनुभएको छ।
दुई दशक लामो राजनीतिक यात्रा र सङ्घर्ष
वि.सं. २०५५ सालमा चण्डेश्वरी माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को साधारण सदस्यता लिएर राजनीतिक यात्रा सुरु गर्नुभएका बस्नेत निष्ठा र निरन्तरताका पर्याय मानिनुहुन्छ।

को हुन् सरोज बस्नेत?

वि.सं. २०५५ सालमा चण्डेश्वरी माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को सदस्यता लिँदै उहाँको राजनीतिक यात्रा सुरु भएको थियो। त्यसपछि वि.सं. २०५९ सालदेखि भोजपुर बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उहाँले आफ्नो नेतृत्व क्षमता र अब्बल राजनीतिक कौशल प्रस्तुत गर्नुभयो।

वि.सं. २०६२ मा नेपाल तरुण दलमा प्रवेश गर्नुभएका बस्नेत सोही अवधिमा तरुण दलको कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्न सफल हुनुभयो। वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा तरुण दलको तर्फबाट मोर्चाको अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बस्नेत कांग्रेस वृत्तमा निष्ठावान् र लोकप्रिय युवा नेताका रूपमा परिचित हुनुहुन्छ।

पार्टीले सुम्पेको जुनसुकै जिम्मेवारीलाई इमानदारी र सशक्त रूपमा निर्वाह गर्दै आउनुभएका बस्नेत वि.सं. २०७१ मा तरुण दलको जिल्ला अध्यक्ष बन्नुभयो। त्यसपछि उहाँको साङ्गठनिक पकड थप मजबुत बन्दै गयो र वि.सं. २०७८ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो। राजनीतिक तथा सामाजिक यात्रामा निरन्तर क्रियाशील बस्नेत वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भई हाल जनप्रतिनिधिको रूपमा जनसेवामा समर्पित हुनुहुन्छ।

‘पार्टी सुदृढीकरण र युवा नेतृत्व मेरो प्राथमिकता’
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “पार्टीले दिएको हरेक साङ्गठनिक र राजनीतिक जिम्मेवारीलाई मैले सधैँ इमानदारी, निष्ठा र सशक्त ढङ्गले निर्वाह गर्दै आएको छु। अब नेपाली कांग्रेसलाई समयानुकूल आधुनिक, विचार आधारित र युवामैत्री बनाउन केन्द्रीय तहमा भूमिका खेल्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको हुँ।”
उहाँले तल्लो तहका कार्यकर्ता र जनताको भावनालाई केन्द्रीय नीति निर्माणको तहसम्म पु¥याउनका लागि भोजपुरका सम्पूर्ण  प्रतिनिधि तथा पार्टीका अग्रज एवं साथीहरूलाई अमूल्य सहयोग र समर्थनका लागि आह्वान गर्नुभएको छ। बस्नेतको उम्मेदवारीले भोजपुर कांग्रेसभित्रका युवा कार्यकर्ताहरूमा नयाँ उत्साह छाएको छ।
विकास निर्माणमा स्पष्ट दृष्टिकोण
टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेपछि बस्नेतले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि योजनाबद्ध प्रयासहरू अघि बढाउनुभएको छ। उहाँको नेतृत्वमा गाउँपालिकाभित्रका मुख्य तथा सहायक ग्रामीण सडकहरूको स्तरोन्नति, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, आधुनिक कृषिको विकास र खानेपानी आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको छ। साथै, टेम्केमैयुङको प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन उहाँले विशेष नीति तथा कार्यक्रमहरू अघि सार्नुभएको छ। विकास निर्माणका कामलाई पारदर्शी र परिणाममुखी बनाउन उहाँले खेलेको भूमिकाका कारण स्थानीयस्तरमा उहाँको छवि एक सफल र दूरदर्शी जनप्रतिनिधिको रूपमा स्थापित भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार