
भोजपुर, ७ असोज ।
नेपाली कांग्रेस पौवादुङमा गाउँपालिकाको सभापतिमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न १५ औँ अधिवेशनबाट कोइराला सभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अधिवेशनले कोइरालाको नेतृत्वमा १३ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको छ।नवनिर्वाचित सभापति कोइरालाले आगामी दिनमा गाउँपालिकाभित्र पार्टीका गतिविधिलाई सशक्त बनाउँदै जनताका समस्या पहिचान र समाधानमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यस्तै बुधबार नै सम्पन्न अधिवेशनबाट हतुवागढी गाउँपालिका सभापतिमा बालकुमार राई, अरुण गाउँपालिका सभापतिमा ज्ञानेन्द्र दाहाल, षडानन्द नगरपालिका सभापतिमा पदम तामाङ, टेम्केमैयुङ गाउँपालिका सभापतिमा हर्कराज राई, रामप्रसादराई गाउँपालिका सभापतिमा घमचन्द्र दाहाल र आमचोक गाउँपालिका सभापतिमा निमनूरी शेर्पा निर्वाचित हुनु भएको छ ।
























