जन्मदिनमा चकलेट–केकको सट्टा शैक्षिक कोषमा योगदान


भोजपुर १२ असोज ।
आफ्नो जन्मदिनलाई सामाजिक तथा शैक्षिक योगदानसँग जोड्दै समता स्कुल भोजपुरमा नयाँ अभ्यासको थालनी गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले जन्मदिनको अवसरमा विद्यालय परिसरमा उन्नत जातको एभोकाडोको बिरुवा रोप्नुका साथै जन्मदिनमा केक तथा चकलेट बाँड्ने प्रचलन अन्त्य गर्ने घोषणा गर्नुभएको हो।
विद्यालयमा जन्मदिनलगायतका अवसरमा चकलेट तथा केक बाँडेर खर्च गर्ने प्रचलनको सट्टा विद्यालयको कोषमा दैनिक रु. एकका दरले वर्षमा रु. ३६५ जम्मा गर्ने अभ्यास सुरु गरिएको छ। शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी मन भएका व्यक्तिले रु ३६५ विद्यालयको कोषमा जम्मा गरी खुसी साटासाट गर्न सक्ने व्यवस्था गरिएको अध्यक्ष प्रधानले बताउनुभयाे ।
यस अभियानको सुरुवात प्रधानले आफ्नै जन्मदिनको अवसरमा रु ३६५ विद्यालयको कोषमा जम्मा गरेर गर्नुभएको हो। न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयलाई दीगो रूपमा सञ्चालन गर्न आर्थिक स्रोत आवश्यक पर्ने भएकाले यी अभ्यासले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार