टेम्केमैयुङ कांग्रेसकाे सभापतिमा हर्कराज राई निर्वाचित


भोजपुर, ७ असोज

नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिकाको सभापतिमा हर्कराज राई ‘रुकेश’ सर्वसम्मत चयन हुनुभएको छ। बुधबार सम्पन्न १५औँ अधिवेशनबाट राई सभापतिमा निर्वाचित हुनुभएको हो।

अधिवेशनले उपसभापतिमा जमुना राई र इन्द्रकुमार राई, सचिवमा रमेश मुकारुङ तथा सहसचिवमा बुद्धिमान श्रेष्ठलाई निर्वाचित गरेको छ।

त्यस्तै, समितिको सदस्यमा रेखा खड्का, रञ्जना राई, आशा दर्जी परियार, प्रकाश विश्वकर्मा, भविचन्द्र राई, विष्णु पोखरेल, रमिला राई, रुद्रबहादुर अधिकारी, ज्योशिल राई, धनकुमारी दर्नाल, मनदेवी राई, चासुमहाङ राई, कुमार श्रेष्ठ, सञ्चिता कटुवाल, रमेशकुमार राई, प्रदीप श्रेष्ठ, गीता नेपाल, दिवाहाङ राई, गोमा विश्वकर्मा, प्रकाश विश्वकर्मा र गुणराज कोइरालालगायत २७ सदस्यीय कार्यसमिति चयन भएको जनाइएको छ।

नवनिर्वाचित सभापति राईले आगामी दिनमा संगठन विस्तारसँगै पार्टीका गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। उहाँले कार्यकर्ताबीच एकता कायम गर्दै गाउँपालिकामा पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार