• हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी सडक निर्माणको काम तीव्र

    मनिराज पौडेल, भोजपुर ११ जेठ । कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भईरहेको हिले–उत्तरपानी –छिन्ताङ– त्रिवेणी १० किलोमिटर सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैयाँ लागतमा सडकको निर्माण थालिएको हो । सडकको आवश्यक स्टकचर निर...

  • पौवादुङमा १ श्यामशिलाका पाँच विद्यालयलाई सेनेटरी प्याड र डस्विन वितरण

    भोजपुर, ११ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिला सामुदायिक विद्यालयहरुलाई फोहोर राख्ने डस्विन र सेनेटरी प्याड वितरण गरिएको छ । वडा कार्यालयले यहाँका पाँच ओटा विद्यालयलाई सामग्री वितरण गरेको हो । बिहिवार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष राजेन्द त...

  • लम्पी स्किन रोग रोकथाम गर्न पौवादुङमाद्धारा अभियान सञ्चालन

    भोजपुर,९ जेठ ।  घरपालुवा पशु चौपायामा लम्पी स्किनकै स्वरुपको क्याप्रिपक्स भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि पौवादुङमा गाउँपालिका रोकथामको लागि पहल थालेको छ । गाउँपालिकाका किसानका पशु चौपाया यस रोगबाट विरामी तथा मर्न थालेपछि गाउँपालिकाले रोकथामको लागि अभियान सञ्चालन गरेको हो । पौवादुङमा गाउँपालिकाका पशु चिकित्सक डा....

  • पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित

    भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...

  • पौवादुङमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा

    भोजपुर, २ जेठ । यहाँको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता स्थानीय तह घोषणा भएको छ । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सरोकारवाला निकायको उपस्थितिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घो...

  • पौवादुङमा गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

    भोजपुर, २९ वैशाख । पौवादुङमा गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका विकास निर्माण तथा अन्य गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुन...

  • साल्पासिलिछोको दुर्गममा तीन स्थानमा स्वास्थ्य इकाई स्थापना

    भोजपुर, ३० वैशाख ।भौगोलिक रुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालनमा ल्याएको हो । सामान्य स्वास्थ्य से...

  • षडानन्द पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

    भोजपुर, २७ वैशाख । भोजपुरको षडानन्द नगरपालिका पूर्ण खोप सुनिश्चत नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्रका खोप लाउनु पर्ने उमेर समूहका बालबालिकाले खोप लगायपछि नगरलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले जानकारी दिए । ‘हाम्रो नगरपालिकालाई प...

  • तिवारीभञ्याङ – अधेँरीघाट सडक विस्तार तीव्र

    भोजपुर, २७ वैशाख । पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडाहुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो । पौवादुङमा गाउँपालिकाको मुख्...

  • भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै (भिडियो सहित)

    भोजपुर, २७ वैशाख । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो । सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छ...