लम्पी स्किन रोग रोकथाम गर्न पौवादुङमाद्धारा अभियान सञ्चालन


भोजपुर,९ जेठ ।  घरपालुवा पशु चौपायामा लम्पी स्किनकै स्वरुपको क्याप्रिपक्स भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि पौवादुङमा गाउँपालिका रोकथामको लागि पहल थालेको छ । गाउँपालिकाका किसानका पशु चौपाया यस रोगबाट विरामी तथा मर्न थालेपछि गाउँपालिकाले रोकथामको लागि अभियान सञ्चालन गरेको हो ।
पौवादुङमा गाउँपालिकाका पशु चिकित्सक डा. रामकृष्ण पौडेलले अहिलेसम्म २० वटा पशु मरेको जानकारी दिए । पौडेलले पशु सेवा शाखाले महामारी नियन्त्रण को लागि अभियान नै चलाएको र हजारौं पशुको उपचार गरेको जानकारी दिए । उपचारको लागि एन्टिपाइरेटिक, एन्टिबायोटिक र एन्टिहिस्टामिन औषधि चलाउदै किसानलाई आबस्यक परामर्शसमेत दिएको  बताए । पशुहरुमा शरीरमा गिर्खा आउने, ज्वरो आउने , शरीरका केही भाग सुनिने, र्याल काढ्ने र नाकबाट रगत समेत बग्ने जस्ता लक्षण देखा परे लम्पीको रोग लागेको हुन सक्ने उनको भनाइ छ ।

जिल्लामा सबै स्थानीय तहमा क्याप्रिपक्स भाइरसको सङ्क्रमण फैलिएको गाउँपालिकाको पशु शाखाले जनाएको छ । यो रोगको संक्रमण तेज गर्मी एवम पतझरको मौसममा धेरै बढेर जाने शाखाको भनाइ छ । किरा फटढाङग्राहरुको संख्या बढेर भएपछि भाइरस नाक स्राव, ¥याल, रगत, आशु मा स्रवित हुने शाखाको भनाइ छ । यो रोग गाई भैसी का दुध खाने पाडि पाडा बाच्छा बाच्छी मा पनि संक्रमण हुन्छ । संक्रमणको ४२ दिनसम्म पनि विर्यमा भइरस रहने जनाइएको छ । रोगको फैलावट तिब्र रहेकोले पौवादुङमा गाउँपालिकामा सबै भन्दा बढी देखा परेको शाखाको भनाइ छ ।

अभियान सञ्चालन गरेर उचपार गरेपछि बिगत २/३ दिन देखि रोगको संक्रमण दर घटेको उनले जानकारी दिए । आफुले इपिडिमिओलोजिकली अध्ययन गरेको र आफु स्वयम फिल्डमै गएर अध्ययनसमेत गरेको अब छिटै नै रोग नियन्त्रण हुने डा. पौडेलको भनाइ छ । गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु प्राबिधिक अभिषेक खबासले लगातार रुपमा किसान को घर दैलो मा नै गएर सेवा उपलब्ध गराइरहेको शाखाले जनाएको छ । पौवादुङमा गाउँपालिकाले अहिले सवै वडामा पशु प्राबिधिक खटाएर निशुल्क रुपमा औषधि उपचार प्रदान गरेको छ । पुशमा देखिएको रोग नियन्त्रणमा गाउँपलिकाले अभियान नै सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार