भोजपुर, २७ वैशाख । भोजपुरको षडानन्द नगरपालिका पूर्ण खोप सुनिश्चत नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्रका खोप लाउनु पर्ने उमेर समूहका बालबालिकाले खोप लगायपछि नगरलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले जानकारी दिए । ‘हाम्रो नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेका छौँ’’ उनले भने,‘हाम्रो नगरका खोप लगाउनु पर्ने सम्पूर्ण बालिकाले खोप लगाएसँगै घोषणा गर्न सफल भएका हौँ ।’यस अघि यहाँका सम्पूर्ण १४ ओटा वडा घोषणा गरिसकेपछि नगरपालिकालाई घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । कार्यक्रमको उद्घाटन नगर प्रमुख सुेन्द्रकुमार उदासले गरेको हुन ।