पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित


भोजपुर, ४ जेठ ।
पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो ।
सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा, एकल महिला र असक्त गरी जम्मा दुई सय ४० जनालाई सम्मान गरेको उनको भनाइ छ । ज्येष्ठ, बिधुवा, तथा असक्त नागरिकहरुलाई स्थानीय सरकार भएको अनुभूति दिँदै हौसला प्रदान गर्ने उद्धेश्यले सम्मान गरिएको वडाध्यक्ष तामाङले बताए ।
‘उहाँहरुलाई स्थानीय सरकार भएको अनुभूति दिलाउनमा सम्मान गरेका हौँ’ उनले,भने ‘हामीले यस्ता नागरिकलाई सम्मान दिन आवश्यक छ । यसले उहाँहरुमा थप हौसला मिलोस भन्ने हाम्रो लक्ष्य हो ।’


सम्मान कार्यक्रममा सहभागी हुँदै पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकाले जेष्ठ नागरिक, एकल तथा असक्त नागरिकको पक्षमा विभिन्न काम गरिरहेको बताइन् ।
‘जेष्ठ तथा असक्त असाहय नागरिकलाई प्रोत्साहन गर्न आवश्यक छ’उनले भनिन् ‘गाउँपालिकाले उहाँहरुको सम्मानको लागि विभिन्न कार्यक्रम गरिरहेको छ । उहाँहरुलाई समाजमा सम्मानका साथ बाच्ने आधार निर्माणमा गाउँपालिकाले भूमिका खेलिरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार