• सामूहिक बलात्कारपछि हत्या गर्ने योजना विफल

    सिरहा, २४ असोज । उदयपुरबाट मेला हेर्न लहान आएकी युवतीलाई अपहरण गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा नगरपालिका ९ का २४ वर्षीय रामप्रकाश गोइत,३६ वर्षीय गणेश कुमार यादव, वडा नम्बर ८ का २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। ...

  • सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

    दाङ , २४ असोज । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष...

  • घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

    महोत्तरी , २४ असोज । आफू नेपाल प्रहरी प्रदेश नं। २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार...

  • सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित

    काठमाडौं, २४ असोज। प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो । अमर प्रहरी घोषितमध्ये राई विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका व्यक्ति हुन् । गएको असार २५ गते नेत्रव...

  • आइतबार सार्वजनिक बिदा

    काठमाडौं, २४ असोज । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ। चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो।चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि यो बिदा दिन लागिएको हो।बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा दि...

  • सिन्धुपाल्चोकमा बस दुर्घटना, ६ जनाको मृत्यु

    सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा बस दुर्घटना हुँदा हालसम्म ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको थियो ।कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तलपुगेको इन्द्...

  • दुग्धमा आत्मनिर्भर प्रदेश !

    विराटनगर, २३ असोज । प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ। प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ। मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध ...

  • दुई लाख नगदसहित १४ जुवाडे पक्राउ

    सुर्खेत , २३ असोज । सुर्खेत प्रहरीले दशैंको अवसरमा जुवा खेल्दै गरेका १४ जनासहित दुई लाखबढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरबाट सात र भेरीगंगा नगरपालिकाबाट सात जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–११ स्थित काठेघारी सामुदा...

  • निर्वतमान सभामुख महरा अस्पताल भर्ना

    काठमाडौँ, २३ असोज । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वस्थ्यमा समस्यादेखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रहरीको उच्चको स्रोतले बताएको छ।प्रहरीका अनुसार महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका म...

  • भोजपुरको बास्तिममा आग्लागी हुदा एक घर जलेर नष्ट

    भोजपुर २२ असोज । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर -४ बास्तिममा आग्लागी बाट एक जलेर नष्ट भएको छ । वास्तिमको लेखगाँउका स्थानीय नकुल राईको घर जलेर जष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आग्लागी बाट राईको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घर जल्दा १४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्या...