सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित


काठमाडौं, २४ असोज। प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो । अमर प्रहरी घोषितमध्ये राई विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका व्यक्ति हुन् । गएको असार २५ गते नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाकाओखलढुङगा जिल्ला इन्चार्ज निरकुमार राईसँगको झडपमा प्रहरी जवान सञ्जीव राईको ज्यान गएको थियो । दोहोरो गोली हानाहानमा विप्लव समूहका जिल्ला इन्चार्ज निरकुमार राईको पनि ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार