सिन्धुपाल्चोकमा बस दुर्घटना, ६ जनाको मृत्यु


सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा बस दुर्घटना हुँदा हालसम्म ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको थियो ।कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तलपुगेको इन्द्रावती ८ का वडा अध्यक्ष मने माझीले जानकरी दिए । घटनामा धेरै घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएकाले हेलिकोप्टेरबाट उद्धार गर्ने पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार