भोजपुर, २८ वैशाख । भोजपुरमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका वडा नं १ श्यामशीला अरुणडाडाका ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मंगलबार (आज) बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकाले साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा शेर्पाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक जिवन कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।