खैराङमा कुवापानी धारा संरक्षण सम्पन्न


भोजपुर, ४ असार
भोजपुरको खैराङ क्षेत्रमा रहेको कुवापानी धाराको संरक्षण कार्य वडाको रु। १ लाख बजेटमा सम्पन्न गरिएको छ। स्थानीय खानेपानी स्रोत संरक्षण तथा दीगो उपयोगलाई लक्षित गर्दै उक्त योजना कार्यान्वयन गरिएको हो।

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार, सानो बजेट भए पनि दीर्घकालीन उपयोगका लागि महत्वपूर्ण संरचना संरक्षण गरिएको छ। यसले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी पहुँचमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहले आगामी दिनमा यस्ता खानेपानी स्रोतहरूको संरक्षण र सुधारलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार