जिल्ला अदालत भोजपुरद्धारा विप्लवको नाममा पक्राउ पूर्जी जारी


भोजपुर,१६ फागुन ।
भोजपुरबाट नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

 

जिल्ला अदालत भोजपुरले पुस ९ गते चन्दको नाममा ‘वारेन्ट’ जारी भएअनुसार प्रहरीले चन्दलगायत अरु नेता–कार्यकतालाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ । भोजपुरमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला बम विस्फोट गराएको भन्दै प्रहरीले

 

चन्दलगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।
भोजपुर अदालतको आदेशानुसार चन्दको कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ चन्द्रौटास्थित घरमा पनि पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभर सर्कुलर जारी गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार