भोजपुरमा रेविज विरुद्धको निशुल्क पशुखोप कार्यक्रम सम्पन्न, यस्तो थियो खोप लगाउन आउने भिड (फोटो फिचर)


भोजपुर, २४ कात्र्तिक ।
जिल्ला पशु सेवा कार्यालय भोजपुरले निशुल्क पशुपंक्षीको स्वास्थ्य परीक्षण तथा रेबिज विरुद्धको निशुल्क खोप सञ्चालन गरेको छ । जिल्लामा रेविज रोग फैलन नदिने उद्धेश्यले शिविर सञ्चालन गरेको हो ।

शिविरमा तीन सय १७ ओटा कुकुर तथा विरालालाई रेविज विरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । विषेश गरेर कुकुर, विरालो लगाएत घरपालुवा जनावारबाट मानिसमा रेविज रोग सर्ने भएकोले त्यसको रोकथाम लागि शिविर सञ्चालन गरीएको जिल्ला पशु सेवा कार्यालय भोजपुरका पशु चिकित्सक रोहित कुमार कार्कीले वताए ।

भोजपुर नगरपालिकाको आयोजना तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरीएको हो । यस अघि पनि कार्यालयले भोजपुर नगरपालिकाको हेलौछामा एक सय ३३ कुकुर र विरालालाई खोप लगाइएको छ, भने भोजपुर नगरपालिका कै ३ र ४ मा एक सय ३९ कुकुर र १९ वटा विरालालाई खोप लगाएको कार्यालयले जनाएको छ । त्यस्तै एक हजार २३ पशु पंक्षीको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि वितरण गरेको कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार