• नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै

    युवराज विष्ट भोजपुर, १३ जेठ । मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिने भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित नेपाली सेनाले उक्त अभ्यास आयोजना गर्न लागेको हो...

  • कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’

    युवराज विष्ट भोजपुर, १३ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित ३ सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। कृषकको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० वटा हाते ट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने ग...

  • कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता

    युवराज विष्ट भोजपुर ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोट क्षेत्रमा ‘एक घर–एक धारा’ अभियान प्रभावकारी रूपमा अघि बढाउन स्थानीयवासी सक्रिय रूपमा जुटेका छन्। गाउँ–गाउँमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित अभियानअन्तर्गत हरेक घरमा धारा जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो। यसअघि स...

  • रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान

    युवराज विष्ट भोजपुर, ९ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ। गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले सम...

  • लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’

    युवराज विष्ट भोजपुर, ८ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको खोज, पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित “विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम” सुरु गरेको छ। विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले जेठ ८ गतेदेखि १० गतेसम्म तीन दिने कार्यक्र...

  • हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात

    युवराज विष्ट भोजपुर, ५ जेठ । भोजपुरको हतुवागढी गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुरुवात गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सोमबारबाट आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो। नेपाल सरकारको २०...

  • नापी कार्यालय भोजपुरको डिजिटल सेवा : अनलाईनमार्फत घरमै नक्सा

    युवराज विष्ट भोजपुर, ३ जेठ । प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी विभागअन्तर्गतका नापी कार्यालयहरूले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् । यस व्यवस्थाले ...

  • ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरको ‘श्री नयाँ श्रीनाथ गण’ सर्वोत्कृष्ट

    युवराज विष्ट भोजपुर, ३१ बैशाख। धनकुटामा आयोजित ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। विभिन्न नौ विधामा सम्पन्न प्रतिस्पर्धामा उक्त गणले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ तथा एथ्लेटिक्स...

  • अलैंची किसानका समस्या समाधान गर्न महासंघ गाउँ–गाउँमा

    युवराज विष्ट भोजपुर, २८ बैशाख । भोजपुरका अलैंची कृषकहरूको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल अलैंची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ। अलैंची खेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय ...

  • भोजपुरमा ‘चङ्गा फेस्टिबल’

    युवराज विष्ट भोजपुर, २६ बैशाख । पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले भोजपुरमा चङ्गा फेस्टिबल सञ्चालन गरिएको छ । परम्परागत खेल तथा सांस्कृतिक मनोरञ्जनलाई जगेर्ना गर्ने लक्ष्यसहित यहाँ ‘चङ्गा फेस्टिबल’ गरिएको हो । चङ्गा विज्ञ प्रमेश केसीले चङ्गा फेस्टिबलमार्फत पर्यटन प्रवद्र्धनको शुरुवात गराउन सकिने सम्भावनालाई ...