बर्दिया निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट माहुतेको ज्यान गयो


बर्दिया, १९ कात्तिक । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट मंगलबार दिउसो एक माहुतेको ज्यान गएको छ ।

निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माहुतेमध्ये मंग्रु थारुलाई निकुञ्जभित्रको गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको उनले बताए ।

हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माहुते थारुलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको निकुञ्जले जनाएको छ ।

बर्दियामा पछिल्लो समय पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको छ । यसअघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार