
गुल्मी, २६ भाद्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीमा सेवा निवृत्त भएका एक कर्मचारीलाई संघीय निजामति सेवामा समायोजन गरेको छ ।
उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका तत्कालीन जिल्ला वन कार्यालयका वन रक्षक चन्द्र बहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले संघमा समायोजन गरिएको पत्र पठाएको हो ।
गुल्मीको रेसुंगा नगरपालिका(१०, सिमीचौर घर भएर डिभिजन वन कार्यालय गुल्मीमा कार्यरत बस्नेत गएको वैशाख १ गते उमेर हदका कारण सेवा निवृत्त हुनु भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालयमा बसेको जेठ १४ गतेको सचिवस्तरको बैठकको निर्णय अनुसार बस्नेतलाई निजामति सेवाको पदमा संघमा समायोजन गरिएको पत्र पठाइएको छ । सेवा निवृत्त भएको आफूलाई बधाइ दिँदै संघमा समायोजन गरिको पत्र आएपछि आफू छक्क परेको बस्नेतले बताए ।





















