दशैंको टीकाको साइत सार्वजनिक


काठमाडौं –  भाद्र २२ । पञ्‍चांग निर्णायक समितिले यस वर्ष दशैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ । समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दशैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ । यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार