काठमाडौँ, २७ माघ । चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा...
प्रमुख
-
-
भेनेजुयला प्रकरणले नेकपाभित्र कुनै विवाद छैन पौडेल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअगाडि सरकारका कामकावाहीबारे प्रश्न उठाएकै बेला पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले कुनै चिन्ता गर्न जरुरी नभएको बताए । यद्यपि सरकारका काम कारवाहीलाई लिएर रचना...
-
टिपरको ठक्करबाट पुरुषको मृत्यु
मोरङ । विराटनगर महानगरपालिका–२ बरगाछीमा टिपरको ठक्करबाट आइतबार विहान एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पूर्वबाट बरगाछी चोकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अन्दाजी ४५ र ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलि...
-
१ लाख ५१ हजार रूपैयाँ नक्कली नोट भेटियो
काठमाडौं २७ माघ । काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले अनलाइनखबरसँग भने, ‘१ सय ५२ ...
-
चार दिनदेखि हवाई सेवा ठप्प
दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ प...
-
भोजपुरका दुई पत्रकार सम्मानित
भोजपुर, २६ माघ भोजपुर जिल्लाका क्रियाशिल दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरको छैटौ साधारण सभाको अवसरमा शनिवार पत्रकार निरोज कोइराला र किरण राईलाई सम्मान गरिएको हो । जिल्लामा रहेर पत्रकारिताको क्षेत्र मार्फत योगदान गरे वापत श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कारबाट सम्मान गरि...
-
बलात्कारको सजाय भोग्दै गरेका अनिलको मृत्यु
बिर्तामोड, २६ माघ जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय भोग्दैआएका भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार साँझ ६ बजे उपचारको लाग...
-
पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने
काठमाण्डौ, २६ माघ – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू भए नभएको बारेमा अनुगमन गर्ने भएको छ । श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा आइतबारदेखि सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । पत्रकार म...
-
फागुन १ देखि एक करोडसम्मका आयोजनामा डोजर प्रयोग गर्न नपाइने
काठमाडौं, २६ माघ । एक करोड रुपैयाँसम्मका सरकारी आयोजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग रोकेको हो। यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषदले पारित गरेको छ। निर्देशिका फागुन १ देखि लागू हुनेछ...
-
अर्को माओवादी जन्मन सक्छः प्रचण्ड
काठमाडौं, २६ माघ, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् रु भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए । प्रचण्डले कसैको नाम त...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 147
- Next Page »












