भोजपुर, २६ माघ
भोजपुर जिल्लाका क्रियाशिल दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरको छैटौ साधारण सभाको अवसरमा शनिवार पत्रकार निरोज कोइराला र किरण राईलाई सम्मान गरिएको हो ।
जिल्लामा रहेर पत्रकारिताको क्षेत्र मार्फत योगदान गरे वापत श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको जिल्ला साखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।
पत्रकारद्धोयलाई सम्मान पत्रको साथमा नगद ५ हजार १११ रुपैया हस्तान्तरण गरिएको हो । महासंघको साधारण सभा पर्यटकिय टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा रहेको गोठेसिं होमस्टेमा सम्पन्न भएको हो ।