• एक सय २० महिला हिंसाका घटना

    काठमाडौँ, २० फागुन । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ । ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो । महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट...

  • सिन्दुर हाल्ने बेलामा बेहुली भागेपछि

    धनुषा, २० फागुन । विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट ...

  • टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली सभा भोलि बिहान ८ बजे हुने

    काठमाडौं, १६ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ। सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्...

  • टेलिफोन सेवा अवरुद्ध

    प्यूठान, १६ फागुन । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पुयाएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा क्षति हुँदा टेलिफो...

  • विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

    आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । व...

  • भोजपुरको विकासका लागि ७ बुँदे घोषणा पत्र

     भोजपुर, १४ फागुन । जिल्ला समन्वयात्मक विषेश बैठकले  ७ बुँदे घोषणा पत्र जारी गरेको छ । जिल्लाको विकास निर्माणका गतिविधिलाई तिव्रता दिने लक्ष्यको साथ घोषण पत्र जारी गरिएको हो ।  बैठकले सबै खाले विकास निमार्ण मुख्य गरी वाहिरी दातृराष्ट्रबाट सञ्चालित योजनाहरुलाई आ– आफ्नो स्थानबाट सकरात्मक सहयोग गर्दै निगरानी गरी समय अवधी...

  • वडा कार्यालय भवनको शिलान्यास

    बुटवल, १३ फागुन । बुटवल उपमहानगरपालिकाको वडा नं १० को भवन निर्माणको काम शुरु भएको छ । बुटवल–१० कालिकानगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको आइतबार उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । कार्यक्रममा प्रमुख सुवेदीले उपमहानगरले कानून निर्माणदेखि पूर्वाधार निर्माणसम्मका कामलाई प्राथमिकताका आधारमा अगा...

  • ताप्लेजुङमा आफ्नै चार वर्षिय छोरीको हत्या गर्ने महिला पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै ४ वर्षिय नाबालिका छोरीको हत्या गर्ने एक महिला पक्राउ परेकि छन् । मिक्वाखोला गाउँपालिका–४ स्थायी घर भई हाल फुङलिङ नगरपालिका स्थित रिजाल लाईनमा डेरा गरि बस्ने वर्ष ३२ कि पुजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकि हुन् । लिम्बूले गएको शुक्रबार छोरीलाई कुटपिट गरि घाईते बनाएकोमा उपचा...

  • छोरी हत्या आरोपमा जन्मकैद

    दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ । वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया छोरी भावनाको हत्या गरेको ठहर गर्दै अदालतले आज २० वर्ष जन्मकैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट सो फैसला गर...

  • आर्कषणको केन्द्र वन्दै भोजपुरको ‘महभीर झर्ना’ ( भिडियो सहित )

    भोजपुर १२ फागुन । पर्यटकिय क्षेत्र भोजपुरको टेम्के डाँडाको काँखमा रहेको महभिर झर्ना पर्यटकको आर्कषणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । करिव ६० मिटर अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नको लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिव ४ किलोमिटर पश्चिममा अ...