भोजपुरको विकासका लागि ७ बुँदे घोषणा पत्र


 भोजपुर, १४ फागुन ।
जिल्ला समन्वयात्मक विषेश बैठकले  ७ बुँदे घोषणा पत्र जारी गरेको छ । जिल्लाको विकास निर्माणका गतिविधिलाई तिव्रता दिने लक्ष्यको साथ घोषण पत्र जारी गरिएको हो ।  बैठकले सबै खाले विकास निमार्ण मुख्य गरी वाहिरी दातृराष्ट्रबाट सञ्चालित योजनाहरुलाई आ– आफ्नो स्थानबाट सकरात्मक सहयोग गर्दै निगरानी गरी समय अवधी भित्रै सम्पन्न गराउन पहल गर्ने, विभिन्न आयोजना संचालन तथा सम्पन्न भएका स्थान वरिपरिबाट अवैध रुपमा गिट्टी वालुवा निकासी गर्ने प्रवृतीलाई सम्बन्धित स्थानीय सरकार प्रशासन बिच समन्वय गरि कानुन बमोजिम तत्काल नियन्त्रण गर्ने निर्णय गरेको छ ।  त्यस्तै भष्टाचार र विभिन्न विसंगतीलाई नियन्त्रण गर्दै सु–शासन कायम गर्न सबै पक्षले पहल गर्ने, भोजपुरलाई प्रभाव पार्ने ठुला योजनाहरुलाई केन्द्रसंगै स्थानिय तहले निग्रानी गर्ने, प्रत्येक नगर तथा गाउँपालिकले एक तह एक नमुना योजना ल्याउने, प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य सहित चैत महिनामा एक डेलिकेशन प्रतिनिधि मण्डल तयार गरी अभियानको रुपमा सम्वन्धित निकायमा जाने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सरकारी औपचारिक कार्यक्रमहरुमा अथिति सत्कारका लागि मंहगो रुपमा ब्याज, खादामा हुने खर्चलाई कार्यक्रमको स्तर अनुसार बचत गरि बैंक खातामा जम्मा गर्ने र सो कोषलाई असहाय असक्त कोष नामाकरण गरि त्यस्ता मानिसलाई सहयोगन गर्नमा खर्च गर्ने उल्लेख छ । त्यसैगरी भोजपुरको विकासका लागि नफुटि सवै एक जुट हुने, विकासे कार्यालयहरुले हरेक योजना कार्यान्वयन गर्दा स्थानीय सरकारसंग समन्वय गर्ने र काम गर्न स्थानीय सरकारले सकरात्मक वातावरण वनाई दिने साथै हरेक विकास निर्माणका काम सम्पन्न गराउन सवैले पहल गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । बैठकमा स्थानीय तह र सरकारी कार्यालयले हाल सम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । प्रतिनिधी सभा सदस्य, जिल्ला समन्वय समिति, स्थानीय तह र कार्यालयका प्रमुखहरुको बैठकले ७ बुदे घोषणा पत्र जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार