भोजपुर, २१ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको श्रमदान अभियान अन्तर्गत दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क क्षेत्रको सरसफाई गरिएको छ । गाउँपालिकाको अगुवाईमा श्रमदान अभियान मार्फत यहाँ स्थानीयसँगै सरोकारवालाहरुको उपस्थितिमा शनिबार सरसफाई गरिएको हो । वडा नं ३ मा करिव १४ रोपनी क्षेत्रमा निर्माण भईरहेको दिमालुङ स्मारक ...
स्थानीय तह
-
-
श्रमदान मार्फत गाउँको विकास गर्दै लेखर्कबासी
भोजपुर, २१ साउन । टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कका स्थानीयले श्रमदानमार्फत पाँचधारे पोखरीको सरसफाईसँगै विभिन्न ठाउँको सडक तथा पहिरो हटाएका छन् । विभिन्न ठाउँमा खसेको पहिरो तथा खोलाले सडक कटान गर्दा समस्या भएपछि वडा कार्यालयको अगुवाईमा श्रमदानमा मार्फत काम गरिएको हो । यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाईसँगै चाँप, ...
-
भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्याङ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै
भोजपुर १५ साउन । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्...
-
पौवादुङमा-५ मा वडास्तरमा भत्ता वितरण
भोजपुर, १३ साउन । स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले पौवादुङमा गाउँपालिकाले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । घुम्ति शिविर मार्फात गाउँपालिकाले वडा नम्वर- ५ सानोदुम्माका ए...
-
रामप्रसादराईको अभियान : घुम्ती शिविर मार्फत गाउँपालिकाको सेवा वडा/वडामा
भोजपुर, ११ साउन भौगोलिक विकटताको कारण स्थानीयलाई समस्या भएपछि भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट पालिकाको सेवा दिएको छ । दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले आठ दिनसम्म शिविर सञ्चालन गरेर वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरणसँगै आवश्यक सेवा प्रदान गरेको हो । शिविर मार्फत गाउँपालिकाले...
-
श्रमदान मार्फत टेम्केमैयुङ-१ का स्थानीयले गरे सात किलोमिटर सडक मर्मत
भोजपुर, ८ साउन । टेम्केमैयुङ गाउँपालिका १ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको सकृयतामा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतिबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । ब...
-
हतुवागढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, ३१ असार । भोजपुरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०७९/ ०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम म...
-
पौवादुङमाका उत्कृष्ट तीन कर्मचारी सम्मानित
भोजपुर ३१ असार । पौवादुङमा गाउँपालिकाले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान गरेको छ । १३ औँ गाउँसभामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरेको हो । सम्मान हुनेमा गाउँपालिकामा कार्यरत प्रशासन प्रमुख बुद्धिमान तामाङ, स्वास्थ्य चौकी तिवारीभञ्ज्याङमा कार्यरत सिनियर अनमी तारादेवी राई र आमा सुरक्षा कार्यक्रम अन्तर्गत उत्कृष्ठ...
-
हतुवागढी गाउँपालिकाले दियो एक सय छ विपन्न परिवारलाई जस्ताको छानो
भोजपुर, ३० असार ।भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । गाउँपाल...
-
पौवादुङमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई नगद दुई लाखसहित सम्मान
भोजपुर, २८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाले यहाँका ३२ ओटा विद्यालय मध्ये उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा महादेवी आधारभूत विद्यालयलाई सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट सिकाई उपलब्धि तथा व्यवस्थापनको आधारमा उक्त विद्यालयलाई दुई लाख रुपैया र सम्म...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 50
- Next Page »












