श्रमदान मार्फत हतुवागढीको दिमालुङ क्षेत्रको सरसफाई


भोजपुर, २१ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको श्रमदान अभियान अन्तर्गत दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क क्षेत्रको सरसफाई गरिएको छ । गाउँपालिकाको अगुवाईमा श्रमदान अभियान मार्फत यहाँ स्थानीयसँगै सरोकारवालाहरुको उपस्थितिमा शनिबार सरसफाई गरिएको हो ।

वडा नं ३ मा करिव १४ रोपनी क्षेत्रमा निर्माण भईरहेको दिमालुङ स्मारक पार्क र त्यहि नजिकै वडा न. २ मा रहेको करिव ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ पार्कलाई यहाँ गाउँपालिकाको गौरवको आयोजनाको रुपमा निर्माण भईरहेको घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधिन पैदलमार्गसँग जोडेर एकिकृत रुपमा विकास गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

दिमालुङ स्मारक पार्क र दिमालुङ पार्कलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु.दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।यो रकम मध्ये रु. ७५ लाख लागतले दिमालुङ पार्कमा सिमेन्ट वाल र तारजालीसहितको घेरावारा, शौचालय, गेट निर्माण लगायत संरचना निर्माण गरिएका अध्यक्ष राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार