
भोजपुर, २१ साउन । टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कका स्थानीयले श्रमदानमार्फत पाँचधारे पोखरीको सरसफाईसँगै विभिन्न ठाउँको सडक तथा पहिरो हटाएका छन् । विभिन्न ठाउँमा खसेको पहिरो तथा खोलाले सडक कटान गर्दा समस्या भएपछि वडा कार्यालयको अगुवाईमा श्रमदानमा मार्फत काम गरिएको हो ।
यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाईसँगै चाँप, लालीगुराँस, विभिन्न जातको फुल र पानीको मुहान नसुकोस भन्नको लागि यहाँ वन केराको विरुवा रोपिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग जानकारी दिए ।
बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलहरुको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।‘हामीले श्रमदान मार्फत विभिन्न कामहरु गर्दै आएका छौँ’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने,‘खास गरेर डम्पिङ क्षेत्र नहँुदा फोहोर व्यवस्थापनमा समस्या रहेको छ । नजिकमा रहेको जग्गा स्थानीयबासीको रहेको कारण प्लाष्टिक तथा बोलतलाई व्यवस्थापन गर्न समस्या छ । यसमा सवै क्षेत्रको सहयोग भए सहज हुने थियो । बजार लाग्ने गरेको कारण यो क्षेत्रमा वातावरणमा हानी पु¥याउने खाले धेरै फोहोर संकलन हुने गरेको छ । अहिले हाम्रो ठुलो समस्या डम्पिङ क्षेत्रको रहेको छ ।’
त्यस्तै श्रमदानमा मार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खाल लगाएको उनले जानकारी दिए । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमा मार्फत सडक सोलिङ लगाउने, लेर्खक माध्यमिक विद्यालयको ग्राउन सम्माउने तथा सरसफाई समेत गरिएको अध्यक्ष माङ्गपाहाङ्गको भनाइ । यो ठाउँको ठुलो पहिरो गाउँपालिकाले जेसिवि लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।