बारा, २० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराको हुरी प्रभावित पुरैनिया र भलुहीभरवलियाको मंगलबार निरीक्षण गर्नु भएको छ। निरीक्षणपछि उहाँले ज्यान गुमाएका परिवारका लागि नेपाली कांग्रेसले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले पीडितहरुप्रति राज्य गम्भीर हुन नसके...
देश
-
-
पैसाको लोभमा ६८ वर्षीय बृद्धले गरे हत्या
बुटवल, १९ चैत। पैसाको लोभमा एक बृद्धले एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेको खुलेको हो । पाण्डेको बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको चैत १ गते हत्या भएको थियो । फरक–फरक ना...
-
संखुवासभामा चट्याङ लागेर २ जनाको मृत्यु
संखुवासभा, १९ चैत्र । संखुवासभाको पाँचखपन–९ मा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बू रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो हावा हुरीसँगै परेको चट्याङले २ महिला घाइते भएका थिए। उनीहरूको उपचारका लागि वाना स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको...
-
अछाममा चट्याङ लागेर १५ जना घाइते
अछाम, १९ चैत्र । अछाममा सोमबार राति चट्याङ लागेर १५ जना घाइते भएका छन् । हावाहुरीसँगै परेको चट्याङका कारण रामारोशन गाउँपालिका–५ स्थित चारजना र पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडामा ११ जना स्थानीय घाइते भएका छन् । घाइते १५ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गम्भीर घा...
-
छोराको कुटाइले गयो बाबुको ज्यान
ताप्लेजुङ, १९ चैत्र । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवास्थित बुङ्कुलुङका दलबहादुर गुरुङको आफ्नै छोराको कुटपिटबाट ज्यान गएको छ । ३२ वर्षीय माइला छोरा गजेन्द्र गुरुङको कुटपिटपछि उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कलमा पुग्दा उनको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गजेन्द्रले गत ...
-
हावाहुरी पीडित परिवारका लागि सुदूरपश्चिम प्रदेशले एक करोड दिने
कैलाली, १९ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित बनेका परिवारलाई राहत दिने भएको छ । हावाहुरीमा ज्यान गुमाएका, घाइते भएका र विस्थापित भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर...
-
टिपरले ठक्कर दिँदा प्राध्यापकको मृत्यु
काठमाडौं, १९ चैत्र । टिपरले ठक्कर दिँदा मा एक प्राध्यापकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिक लु २ ख २२२५ नम्बरको टिपरले ठक्कर दिँदा लु २२ प ४९७९ नम्बरको मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो। बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिएपछि अन्दाजी ...
-
चट्याङ लागेर एकजनाको मृत्यु
रोल्पा, १९ चैत्र । माडी गाउँपालिका(५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमबार राति मृत्यु भएको छ। सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।...
-
हावाहुरीका कारण घाइते बालकको उपचारका क्रममा ज्यान गयो
पर्सा, १९ चैत्र । आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भएर यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरालाई उपचारको लागि नेशनल मेडिक...
-
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
बैतडी, चैत्र १९ । जिल्लाको दशरथचन्द राजमार्गमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का २३ तपेन्द्र पुन मगर रहेका छन्। जिल्ला सदरमुकाम गोठलापानीवाट महाकाली नदीमा बालुवा ल्याउन जान लागेको से १ त ७०३७ नं को ट्याक्टर मंगलवार दिउँसो साढे २ बजे दशरथचन्द नगरप...











