ट्याक्टर दुर्घटनामा एकको मृत्यु


बैतडी, चैत्र १९ । जिल्लाको दशरथचन्द राजमार्गमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का २३ तपेन्द्र पुन मगर रहेका छन्। जिल्ला सदरमुकाम गोठलापानीवाट महाकाली नदीमा बालुवा ल्याउन जान लागेको से १ त ७०३७ नं को ट्याक्टर मंगलवार दिउँसो साढे २ बजे दशरथचन्द नगरपालिका १० बाराकोटमा दुर्घटनामा परेको हो।

ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नेत्रबहादुर कुवँरले बताए। मृतक पुन सडक मजदूर रहेका बताइएको छ। ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा भएको र उक्त ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक दाङ शान्तीनगर ६ का रमेश चौधरी शकुसल रहेका छन्। चालक चौधरीलाई प्रहरीको नियन्त्रण रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार