टिपरले ठक्कर दिँदा प्राध्यापकको मृत्यु 


काठमाडौं, १९ चैत्र । टिपरले ठक्कर दिँदा मा एक प्राध्यापकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिक लु २ ख २२२५ नम्बरको टिपरले ठक्कर दिँदा लु २२ प ४९७९ नम्बरको मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिएपछि अन्दाजी उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार राति उनको मृत्यु निधन भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। देवदहकाअर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषय प्राध्यापन गर्थे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार