
रोल्पा, १९ चैत्र । माडी गाउँपालिका(५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमबार राति मृत्यु भएको छ। सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





















