संखुवासभामा चट्याङ लागेर २ जनाको मृत्यु


संखुवासभा, १९ चैत्र । संखुवासभाको पाँचखपन–९ मा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीया सीता विश्वकर्मा र ५० वर्षीया सुकमाया लिम्बू रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो हावा हुरीसँगै परेको चट्याङले २ महिला घाइते भएका थिए। उनीहरूको उपचारका लागि वाना स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार