मोरङको छुट्टा छुट्टै स्थानबाट खैरो हिरोईन सहित ५ जना पक्राउ


मोरङ, ४ कात्तिक । मोरङको विराटनगर महानगरपालिका( १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । आज बिहान ११ बजेको समयमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका(६ बस्ने बर्ष ४० को सिद्धि गिरी लाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका( ७ बिचटोल बस्ने करण मगरको घरमा लागु औषध सेवन गरीरहेको अवस्थामा बर्ष २० को करण मगर, बर्ष २२ को संदेश चौधरी, बर्ष १९ को शुसिल खेवा र बर्ष १९ को बिशाल चेम्जुङलाई ५०० मिली ग्राम ब्राउन सुगर सहित निजहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलबारीमा पुर्‍याएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार