गाडीको ठक्करबाट एकको मृत्यु


भरतपुर, २७ असोज । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते अन्दाजी ३०र३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।उनको पहिचान खुलेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार