अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, दुई घाइते


अर्घाखाँची, १२ असार । अर्घाखाँचीको नौलापानीबाट सदरमुकाम सन्धिखर्क आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।लु१च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा दुर्घटनामा पर्दा सन्धिखर्क ९ का ७० वर्षीय बोमबहादुर खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा जिप चालक झविन्द्र खत्री र अर्का यात्रु अनिल जिसी घाइते भएका छन् । चालक खत्रीको अवस्था गम्भीर छ । जीपमा तीन जना मात्रै सवार थिए ।तीव्र गति र भिरालो सडकका कारण दुर्घटना भएको प्रहरी अनुमान रहेको छ ।

 अज्ञात समूहको कुटपिटबाट सप्तरीमा युवकको मृत्यु सप्तरी, १२ असार । अज्ञात समूहको कुटपिटबाट सप्तरीमा एक युवकको ज्यान गएको छ ।तिरहुत गाउँपालिका–३ स्थित पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी ९यादव०को कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
उनलाई मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।स्थानीयको खबरपछि तत्कालै राजविराजस्थित अञ्चल अस्पतालबाट विराटनगर पुर्‍याइएकोमा त्यहीउनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य थालेको डीएसपी रिमालले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार