पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


भोजपुर, २६ चैत ।
भोजपरको पौवादुङमा गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका केन्द्र च्याङग्रेमा कार्यक्रम सम्पन्न भएको हो । दोस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिक तथा सरोकावाल पक्षलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो । हालसम्म कुल ४०.१६ प्रतिशत योजनाको काम सम्पन्न भएर खर्च भईसकेको उहाँको भनाइ छ ।

सार्वजनिक सुनुवाईकार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराईएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै अध्यक्ष राईले गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताउनुभयो । जनताको सूचनाको हकलाई समेत मध्यनजर गर्दै नियमितरुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार