मदन–आश्रित स्मृति दिवसको अवसरमा भोजपुरमा विचार गोष्ठी आयोजना


भोजपुर, ३ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको आयोजनामा ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
“पार्टी निर्माणमा मदन–आश्रितको योगदान” विषयमा केन्द्रित उक्त कार्यक्रममा नेताहरूले स्व. मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलन तथा बहुदलीय जनवादको विकासमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा वक्ताहरूले मदन–आश्रितको विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण आजको सन्दर्भमा पनि सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टी सुदृढीकरणका लागि तिनको मार्गदर्शनलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए। साथै, जनताको बहुदलीय जनवादलाई व्यवहारमा लागू गर्दै संगठनलाई अझ बलियो बनाउने आवश्यकता औंल्याइएको थियो।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका जिल्लास्तरका नेता, कार्यकर्ता तथा जनसंठनका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले मदन–आश्रितको स्मृतिलाई सम्मान गर्नुका साथै वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिका र जिम्मेवारीबारेसमेत महत्वपूर्ण बहस सिर्जना गरेको आयोजकले जनाएको छ।
नेकपा(एमाले)जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिति एमाले प्रदेश लेखा कमिटी सदस्य गणेश श्रेष्ठ रहुन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार